आर्थिक

बैंक अफ काठमाण्डूका ग्राहकलाई इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत किस्ताबन्दी

१८ भदौ, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।
नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुले आफुलाई आवश्यक CG, LG, Godrej, TCL, Sensei, Elica, Kent तथा Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नुहुनेछ । यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुले CG, LG, Godrej, TCL, Sensei, Elica, Kent तथा Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि, मोबाइल, Music System, , लुगा धुने मेसीन, AC, Microwave, Vacuum cleaner, Dish Washer, Styler, Water Purifier system, Chimney and Kitchen appliances किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहकहरुलाई कुनैपनि ब्याज लाग्ने छैन । बैंक अफ काठमाण्डू लिमिटेड र CG Digital Pvt. Ltd. बिच भएको ब्यापारीक सम्झौता अन्र्तगत बैंकको ग्राहकहरुलाई यस सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन् ।