आर्थिक

आयल निगमले देशभर २० अत्याधुनिक पट्रोल पम्प खोल्ने ल्यायो महत्वपूर्ण योजना

 स्वीकृति पोख्रेल/२८ भदौ, काठमाडौं। नेपाल आयल निगमले देशभरका बिभिन्न स्थानमा २० वटा सुबिधा सम्पन्न पेट्रोल पम्प बनाउने निर्णय गरेको छ । पुर्व–पश्चिम राजमार्गदेखी हुलाकी राजमार्ग, मध्यपहाडी मार्ग, बीपी मार्ग, फास्ट ट्र्याक, मदन भण्डारी मार्गमा निर्माण गर्ने भनिएका उक्त सरकारी स्मामित्वका पेट्रोल पम्पहरुमा २४ सै घण्टा सं)चालनमा आउने निगमका प्रवक्ता बिनितमणि उपाध्यायको दाबी छ ।
आयल निगमले जग्गा प्राप्तीका लागि स्थानीय तह तथा प्रदेश सरकारलाई सरकारी जग्गा उपलब्ध गराईदिन पत्र लेखिसकेको र निगमका उपनिर्देशक बिनित उपाध्यायको संयोजकत्वमा गठन गरेको छ । समितिका सदस्यमा निगमकै कर्मचारी ई.सुरेन्द्र महतो, दिपक घिमिरे, गोपाल चन्द्र राई, बिकास बखती रहेका छन् । कम्तीम १० कठ्ठा जग्गा अवश्यक पर्ने भनिएक नयाँ खोलिने पेट्रोल पम्पमा प्रति पम्प ५ करोड खर्च हुने बताईएको छ ।
निगमको प्रदेशीक कार्यालय, स्थानीय तह वा केन्द्रीय कार्यालयले हेर्न मिल्नेगरी निर्मँण गर्न लागिएका भनिएका उक्त २० पम्प सोलारको बैकल्पीक सुबिधा र कुनैपनि तरिकाबाट आगलागी नहुनेगरी निर्माण गरिनेछन् । निगमको दाबी अनुसार आधुनिक तरिकाका पेट्रोल पम्प कसरी खोल्न सकिन्छ भनेर निजी क्षेत्रलाई सिकाउनेबाहेक अन्य निजी क्षेत्रको व्यापार घटाउने कुनै उद्येश्य नरहेको बताईएको छ ।
निगमले जग्गा मिलाउन लगिरहेको र जग्गा सरकारी नै मिलाउन प्रयासरत रहेको बताएको छ । यदि सरकारी जग्गा नमिलेमा भने अन्य विकल्पको जोजी गर्ने बताएको छ । निगम नेतृत्वले सरकारी स्वामित्वमा व्यापारहरु बिग्रिएर सरकार बन्द गरौं कि भन्ने अवस्था आएका बेला सरकारी स्वामित्वको कार्यालयले पनि महत्वपूर्ण काँम गर्न सक्दोरहेछ भन्ने उदाहरण प्रश्तुत गर्ने लाईनबाट काम गरिरहेको बिस्लेसकहरुले दाबी गर्न थालेका छन् ।