समाचार

सुन आज तोलामा ४ सय रुपैयाँले महंगीयोः पुग्यो ९६ हजार ९ सय

२९ भदौ, काठमाडौं । आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा रुपैयाँमा कोरोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कोरोबार भएको थियो ।