पु.समाचार

क्याप्टेन विजय लामासहित दुईजनामा कोरोना संक्रमण, बसे सोल्टीको आईसोलेसनमा

२९ भदौ, काठमाडौं । नेपाल एयरलाईन्सका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण भएको छ। यसअघि पनि १० जनामा कोरोना संक्रमण भोगेका एयरलाईन्सका कर्मचारी कोारनो जितेर फर्किएका थिए । केहीदिन अगाडी शान्ती शैनिकको टोलिलाई सुडान पुर्याएर फर्किएपछि परीक्षणका लागि स्वा दिएका क्याप्टेन लामालाई कोरोना संक्रमण देखिएपछि सोल्टी होटलमा आईसोलेसनमा बसेको एयरलाईन्सका उच्च अधिकारीको दाबी छ । उनीसँगै ककपिटमा कार्यरत क्पाप्टेनलाईसमेत संक्रमण देखिएको छ । नेपाल एयरलाईन्सले आफ्ना कर्मचारीलाई कोरोना देखिएमा सोल्टी होटलमा राख्ने गर्दछ ।
आईतबारमात्र काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्य सोल्टी होटलबाट कोरोना निको भएर फर्किएका थिए । पछिल्लो समय कोरोना संक्रमण भएमा सरकारी कर्मचारी तथा उच्च घरानीयहरु सोल्टी होटलको आईसोलेसनमा बस्न थालेका छन् ।