पु.समाचार

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठ कोरोना संक्रमित

३० भदौ, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ कोरोना संक्रमित भएका छन् ।

केहिदिन अघि ज्वरो आएपछि गरिएको स्वाब परिक्षणको रिपोर्ट सोमबार साँझ पोजेटिभ आएको हो । उनले कोरोना छिट्टै जितेर पुनः नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल माफर्त कोरोना संक्रमण पुष्टि भएको बताउँदै आफ्नो सम्पर्कमा आएकालाई कोरोना परिक्षण गर्न अनुरोध पनि गरेका छन् ।

साथै मेयर श्रेष्ठ हाल किस्ट अस्पतालको आइसोलेसनमा र उनकी श्रीमती घरमै आइसोलेसनमा बसिरहेको उनले बताएका छन् ।

यस्तै ब्लड प्रेसर र डाइबिटिजको बिरामी र उच्च ज्वरो भएकाले मेयर श्रेष्ठ अस्पतालमा उपचार गराइरहेको उनले बताए ।