पु.समाचार

काठमाडौंमा ५५५सहित उपत्यकामा भेटिए ६७६ जना नयाँ कोरोना संक्रमित

३० भदौ, काठमाडौं । उपत्यकामा मात्र ६७६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५५५ जना, ललितपुरमा ३५ जना भक्तपुरमा ८६ जना संक्रमित थपिएका छन् ।
आज कोरोना संक्रमणका कारण ११ जनाको निधन भएको छ । आजका निधन हुनेको संख्या जोड्दा ३७१ भएको छ । कोरोना १५ हजार ७७९ जना सकृय संक्रमित रहेका छन् । होम अाईसोलेशनमा रहेका देशभर ७६४० रहेका छन् । १० हजार ३७५ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुने एकहजार ६२ रहेका छन् । यो ७१.५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् । देशभर कोरोना संक्रमितहरु १४ सय ५९ छन् । यससंगसंगै नेपालमा कोरोना संक्रमितहरु ५६ हजार नाघेका छन् ।