समाचार

आज बिहानैदेखी काठमाडौं उपत्याका लगाएत बिभिन्न स्थानमा वर्षा

३१ भदौ, काठमाडौं । आज बिहानेदेखी काठमाडौं उपत्यकासहित देशका केही स्थानमा सिमसिम पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार एक–दुई घण्टादेखि प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको हो ।

मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार फेरि दिउँसो देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भवना छ । साथै दिउँसो गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । साथै प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।