३१ भदौ, कास्की । गण्डकी प्रदेशका विभिन्न स्थानमा आज बिहानै ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको कास्कीमा २९ सहित आज थप ५० जना कोरोना संक्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज थप ५० जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितहरुमा कास्कीका २९ जना छन्, जसमा २८ जना पोखरा महानगरपालिकाका हुन् । यसैगरी गोरखाका १३ जना, तनहुँका ५ जना र बाग्लुङका ३ जनाका कोरोना देखिएको छ ।
बिहान ५० थपिएसँगै गण्डकीमा अहिलेसम्म संक्रमितको संख्या ३१६६ पुुगेको छ । अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८९५ रहेको छ भने निको हुने दर ५९.९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।