समाचार

महंगो मुल्यामा प्याज बेच्ने ब्यापारी प्रहरी नियन्त्रणमा

३१ भदौ, काठमाडौं । महंगो मुल्यामा प्याज बेचेको आरोपमा एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । भारतले निर्यातमा रोक लगाएसंगै मुल्य महंगीएपछि व्यापारीले धेरै महंगोमा प्याज बेच्न थालेका छन् ।

१ सय ३० रुपैयाँ को १ किलो प्याज बेच्ने बल्खु बजारका व्यापारीलाई पक्राउ गरिएको हो । काठमाडौं महानगरपालीकाको अनुगमन टोलिले शुनिल केसीलाई पक्राउ गरी कारबाहिका लागि महानगरिय प्रहरी बृत्त, कालिमाटिलाई जिम्मा लगाएको छ ।

सोमबार प्याजको मुल्य ७५ रुपैयाँ रहेकोमा उनले झण्डै केजिमा ३० रुपैयाँ महँगोमा बेजेका थिए ।