अन्तर्राष्ट्रिय

आबेको राजीनामा पछि सुगा बने जापानका नयाँ प्रधानमन्त्री

३१ भदौ, एजेन्सी । जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन् । तत्कालीन प्रधानमन्त्री सिन्जो आबे सरकारका प्रवक्ता समेत रहेका सुगा पूर्व मुख्य सचिव समेत हुन् ।

आबेको राजीनामा लगत्तै उनलाई पार्टीकै कतिपय वरिष्ठ नेताहरुले प्रधानमन्त्री बन्न उपयुक्त पात्रको रुपमा अगाडि सारेका थिए ।

सन् २०१२ मा पुनः सरकारको नेतृत्वमा फर्किएका आबेले सुगालाई मन्त्रिपरिषद्को मुख्य सचिव नियुक्त गरेका थिए । जापानमा मन्त्रिपरिषद्को मुख्य सचिव पद शक्तिशाली मानिन्छ । यसलाई भावी प्रधानमन्त्रीको रुपमा पनि लिने गरिन्छ ।

बुधबार संसदमा भएको मतदानमा ३१४ मतसहित सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका ४६५ सदस्यमध्येबाट ३१४ मत प्राप्त गरेको जापानी समाचार एजेन्सी क्योदो न्युजले जनाएको छ ।