१ असोज, काठमाडौं । आज बजारमा सुनको भाउ प्रतितोला ९०० रूपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलामा ९६ हजार ६०० रूपैयाँ तोकेको छ ।
हिजो छापावाल सुनको भाउ तोलामा ९७ हजार ५०० रूपैयाँ थियो। यसैगरी, आज तेजाबी सुनको भाउ ९६ हजार १०० रूपैयाँ तोकिएको छ । हिजो ९७ हजार रूपैयाँ थियो ।
आज चाँदीको प्रतितोला मूल्य एक हजार ३२० रूपैयाँ छ । हिजोको तुलनामा चाँदीको मूल्य तोलामा २० रूपैयाँ घटेको हो ।