१ असोज, संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमा शान्ति स्थापनाका लागि विश्व समुदाय साथ साथमा मिलेर पहल गर्नुपर्ने बताएका छन् ।
उनले विश्वमा शान्ति स्थापनाका लागि नयाँ रुपले र सामुहिक पहलको थालनी गर्न आग्रह गरेका छन् । उनले संयुक्त राष्ट्रसंघमा सदस्यका रुपमा आबद्ध विश्वका सबै देशहरु, नागरिक समाज र विश्वका विभिन्न स्थानमा हिंसा मच्चाइरहेका विभिन्न सशस्त्र समूहहरुलाई पनि शान्ति स्थापनाको काममा एकसाथ लाग्न सो आग्रह गरेको हो ।उनले विश्वका विभिन्न देशमा सशस्त्र विद्रोहका रुपमा हिंसा गरिरहेका विभिन्न समूहहरुलाई यो अपिल गरेको हो ।
उनले अफगानिस्तान र सुडानमा पछिल्ला दिनहरुमा शान्ति स्थापनाका लागि भएका पहलहरु सकारात्मक रुपमा अघि बढेका पनि बताए । त्यसैगरी सिरिया, लिबिया र युक्रेनमा पनि पछिल्ला दिनहरुमा युद्धविरामका साथै पछिल्लो समयमा हिंसा रोकिएकोले ती देशमा पनि अफगानिस्तानको जस्तै शान्ति वार्ताको पहलका लागि पनि उनले आग्रह गरेका हो ।