२ असोज, काठमाडौं । बिहानै पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण चितवन भरतपुर महानगरपालिका–२९ स्थित चौध किलो, सत्र किलो र घुमाउनेमा सडकमाथि पहिरो खसेको चितवन ट्राफिक कार्यालयले जनाएको छ।
अहिले बिहान ५ बजेर ४० मिनेटतिर खसेको पहिरोले सडकको दुवैतर्फ अवरोध गरेको छ। सँयौ गाडी रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् ।
पहिरो पन्छाउन बवश्यक पहल भइरहेको भन्दै दुईतर्फी सडक सञ्चालन हुन २–३ घण्टाभन्दा बढी समय लाग्नसक्ने बताइएको छ।