१० असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले ‘भ्रष्टाचारको आहालमा डुब्ने नेताहरुबाट देश बन्दैन।’ मुलुकको हितार्थ भ्रष्ट नेताहरुलाई तह लगाउनै पर्छ भन्ने ठोकुवा गरेका छन् । उनले ट्वीट गर्दै यसर्थ अख्तियारमा नियुक्ति दलीय भागबण्डाबाट गर्ने परम्पराको अन्त गरी स्वच्छ प्रतिस्पर्धाबाट गर्नुपर्ने प्रस्ताव गर्दै संसदले आयुक्तलाई महाभियोग लगाए पनि तत्काल निलम्बन नहुने ब्यबस्था गरे कसो होला ? भन्ने प्रश्नसमेत गरेका छन् ।
धनराजको ट्वीटः ‘भ्रष्टाचारको आहालमा डुब्ने नेताहरुबाट देश बन्दैन।’ मुलुकको हितार्थ भ्रष्ट नेताहरुलाई तह लगाउनै पर्छ। यसर्थ अख्तियारमा नियुक्ति दलीय भागबण्डाबाट गर्ने परम्पराको अन्त गरी स्वच्छ प्रतिस्पर्धाबाट गर्ने र संसदले आयुक्तलाई महाभियोग लगाए पनि तत्काल निलम्बन नहुने ब्यबस्था गरे कसो होला ?