१६ असोज, काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले एसिड आक्रमणकारी जस्तै बलात्कारी विरूद्ध पनि कडा कानून बनाउनु पर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त संयोजक मिश्रले हत्याराहरूले बलात्कृतको पीडा र बलात्कारीहरू हत्या हुनेको पीडा महशुस गर्न नसक्ने पनि टिप्पणी गरेका हुन् ।
संयोजक मिश्रले हत्यारा र बलात्कारी दुबै एकैथरि हुने हुँदा त्यसैले तिनलाई कहाँ के बोल्ने थाहा नहुने भन्दै एसिड आक्रमणकारीका विरूद्ध जस्तै बलात्कारीका विरूद्ध पनि कडाभन्दा कडा कानून बनाउनै पर्नेमा जोड दिएका छन् ।
पछिल्लो समय मुलुकका विभिन्न स्थानमा बलात्कारका घटनाहरुमा बृद्धि भईरहँदा संयोजक मिश्रले यतो धारणा व्यक्त गरेका छन् ।
उनको ट्वीटः हत्याराहरू बलात्कृतको पीडा र बलात्कारीहरू हत्या हुनेको पीडा महशुस गर्न सक्दैनन् । दुबै एकै हुन् । त्यसैले तिनलाई कहाँ के बोल्ने थाहा हुँदैन । एसिड आक्रमणकारीका विरूद्ध जस्तै बलात्कारीका विरूद्ध पनि कडाभन्दा कडा कानून बनाउनै पर्छ ।