१६ असोज, वासिगंटन डिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पलाई कोरोना संक्रमण भएको छ । राष्ट्रपति ट्रम्पले आफु र फष्ट लेलि मेलानिया ट्रम्पलाई कोरोना संक्रमण भएको र उक्त संक्रमणको उपचारका क्रममा आफूहरु क्वारेन्टिनमा बसेको ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले आफू छिट्टै निको हुने बिश्वाससमेत व्यक्त गरेका छन् ।