सामाजिक सञ्जाल

विकसित देशको तुलनामा नेपालमा बलात्कारका कमी छन् भन्ने गृहमन्त्री थापा रहुन्जेल बलात्कार घट्दैनः नेता गुरुगं

१७ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता धनराज गुरुगंले नेकपा सचिवालय सदस्यसमेत रहेका रामबहादुर थापा गृहमन्त्री रहेसम्म बलात्कारका घटना नघट्ने दाबी गरेका छन् । नेता गुरुगंले गृहमन्त्री थापा ूविकसित देशहरुको तुलनामा हाम्रो देशको बलात्कारको घट्ना कम रहेकोू भनेर गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको भन्दै गृहमन्त्री रहेसम्म अझै कति बालिकाले बलात्कार पछि हत्याको शिकार बन्नु पर्ने हो भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले रौतहट बृन्दावन नपाकी १४ वर्षीया सन्जा कुमारी साह अर्धनग्न मृत अबस्थामा उखुबारीमा भेटिएको दुखद समाचारलाई जोड्दै उक्त कुरा बताएका हुन् ।

नेता गुरुगंको ट्वीटः रौतहट बृन्दावन नपाकी १४ वर्षीया सन्जा कुमारी साह अर्धनग्न मृत अबस्थामा उखुबारीमा भेटिएको दुखद समाचार। ‘विकसित देशहरुको तुलनामा हाम्रो देशको बलात्कारको घट्ना कम रहेको’ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिने गृहमन्त्री रहेसम्म अझै कति बालिकाले बलात्कार पछि हत्याको शिकार बन्नु पर्ने हो।