१७ असोज, काठमाडौं । नेपाली काँग्रेसका साँसद एबम् युवा नेता गगन थापाले नेपाली जनताको स्वास्थ्यको हितको लागि अनशनरत प्रा.डा.गोबिन्द केसीको रक्षा गर्न माग गरेका छन् । उनले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको, चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने भन्ने मात्र चिन्ता भएको बताएका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नतो थापाले सरकारलाई चिन्ता नभएपनि सरकार मस्त निद्रामा भएपनि नेपाली जनताले उनको नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं–डा.केसीको जीवन रक्षा गर, सहमतिको पालना गर! भन्दै दबाब दिनुपर्ने आह्वान गरेका छन् ।
गगन थापाको ट्वीटः २० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। सरकार मस्त निद्रामा छ। सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको, चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने। त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं-डा.केसीको जीवन रक्षा गर!
सहमतिको पालना गर!