बाग्मती

राजेन्द्र खेतान, डा प्याकुरेल, डा भट्टराईसंग अभियानको अन्तरकृया आईतबार

१७ असोज, काठमाडौं । युवा जागरण (सजगता) अभियानले सामाजिक सचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ । यसै सन्दर्भमा अभियानले आईतबार अपरान्ह ३ बजे उद्योगपति राजेन्द्र खेतान, नेपाल इकामेनोमिक एसोसिएसनका अध्यक्ष प्रा.डा. बिश्वम्भर प्याकुरेल, वेलायतको हल बिश्वबिद्यालयका सह-प्राध्यापक केशवराज भट्टराईसंग एक अन्तरकृया कार्यक्रम गर्दैछ ।
विश्वभर कोभिड १९ को प्रभाव परेको अवस्था र विश्वकै अर्थतन्त्र संकटको सन्दर्भमा अभियानले आर्थिक र अर्थतन्त्र क्षेत्रका विज्ञको‘कोभिड–१९ आर्थिक चुनौती र समाधान’ विषयमा भर्चुअल कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा जोडिन नेपाली काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा एबम् अभियानका अध्यक्ष चिन्तन पौडेलले सार्बजनिक रुपमा आह्वान गरेका छन् । केही महिनाअघिदेखी नै अभियानले बिभिन्न देश बिदेशमा रहेका बिज्ञहरुसंग कोरोना महामारीमा मुलुकको समस्या र समाधानको उपायको बिषयमा अन्तरकृयाहरु गरिरहेको छ ।