लुम्बिनी

प्रदेश ५ को राजधानी: काँग्रेस र बिष्णु पौडेल वा नेकपा र शंकर पोख्रेल काे बलिया ?

१८ असोज, काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी बुटबलबाट दाङ सार्ने भन्ने बिषयमा प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र नेकपा महासचिव बिष्णु पौडेलबीच बिबाद भएको छ। प्रदेश ५ को राजधानी सार्ने निर्णय मुख्यमन्त्री पोख्रेलले गरिसकेका छन् भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सरकारले तोकेको बुटबल राजधानीलाई नै यथावत प्रदेश नम्बर ५ को राजधानी बनाई तत्काल निर्णय सच्याउन सचिवालय सदस्यसमेत रहेका नेकपा महासचिव बिष्णु पौडेलले अध्यक्ष पुष्पकमल दहाल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
मुख्यमन्त्री पोख्रेलले नेकपा अध्यक्ष दहाल, प्रधानमन्त्री ओली, उपाध्यक्ष बामदेब गौतमसहित अधिकाँस नेताहरुलाई राजधानीको बिषयमा मनाएर दाङ सार्न सहमती गराएको दाबी गरिएपनि नेकपाका शक्तीसाली नेता पौडेलले उक्त आग्रह गर्नुले नेकपामा प्रदेश नम्बर ५ को राजधानी सार्ने बिषयमा ब्यापक बिबाद रहेको देखिएको छ । आजको जनार्दन शर्मा, अध्यक्षद्वय, शंकर पोख्रेलसहितको बैठकमा खुलेआम महासचिव पौडेलले राजधानी सार्न दबाब दिएका थिए । महासचिव पौडेलको गृहजिल्ला बुटबल हो भने मुख्यमन्त्री पोख्रेलको गृहजिल्ला दाङको दुबैको तर्फबाट आफ्नो राजनीतिक प्रतिष्ठाका लागि आफ्नो गृहजिल्लामा राजधानी लान तँछाड भईरहेको नेकपाका एक नेताले नाम नभन्ने शर्तमा सुर्यखबरलाई बताए । राजधानी जस्तो महत्वपूर्ण कुरामा याँ र वाँ भनने भन्दापनि वैज्ञानिक ढंगले राख्नुपर्ने उनको तर्क छ ।
काँग्रेसले बुटबलबाट राजधानी सारिएको भन्दै ब्यापक बिरोध गरिरहेको छ भने नेकपा रुपन्देही, १४ जना नेकपाका प्रदेश साँसदले लिखित रुपमा नै बुटबलबाट दाङ राजधानी सार्ने बिषयमा असहमती जनाईसकेका छन् । अध्यक्ष दहाल र प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाईसमेत राजधानी सार्ने कुरामा सहिमती जनाएर सरकारलाई सघाउन आग्रह गरिरहेका छन् । सभापति देउवाले आफ्नो सरकारले गरेको उक्र निर्णय आफूले मान्न तयार नहुने उत्तर दिएको देउवा निकट स्रोतको दाबी छ । राजधानीका बिषयमा बिबाद गर्नु नहुने बरु भईरहेको राजधानीलाई नै प्रदेश ५ सरकारले सदर गर्नुपर्ने मान्यता नेपाली काँग्रेसको रहेको काँग्रेस नेताहरुले सार्बजनिक रुपमा नै बताईसकेका छन् । बुटबलपछि प्रदेश नम्बर १, २ प्रदेशको नामांकरण र स्थानको बिबाद कायम नै छ । प्रदेश ५ को राजधानी दाङ सारिएको खण्डमा महासचिव पौडेलको जमानाजफत हुने सम्भावना देखिन्छ भने दाङ लगेको खण्डमा मुख्यमन्त्री पोख्रेल थप बलिया हुन्छन् भन्ने स्थानीयको आँकलन छ । बुटबल र रुपन्देहीमा भने राजधानी सारेको खण्डमा पछिल्लो समयमा कमजोर बन्दै गएको नेकपा अझै कमजोर हुने राजनीतिक बिश्लेशकहरुको दृष्टिकोण छ । बिष्णु पौडेललाई राजधानीको सवालमा प्रमभुख प्रतिपक्षी दल नेपाली काँग्रेसको दह्रो साथ रहन्छ भने पौडेल पनि कम्युनिष्ट पार्टीका महासचिव नै हुन् । अब कसले बाजी मार्छ त्यो हेर्न खासै धेरै दिन कुर्नु नपर्ने अनुमान लगाउन सकिन्छ । महासचिव पौडेल र मुख्यमन्त्री पोख्रेल दुवै नेकपा अधयक्ष ओली गुटकामात्र नभएर पुर्ब एमाले नै हुन् ।