लुम्बिनी

मुख्यमन्त्री पोख्रेल सवार गाडीमा कालो झण्डा देखाउँदै ढुंगा प्रहार, चारजना प्रहरीद्वारा पक्राउ

१८ असोज, काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी बुटबलबाट दाङ सार्ने भन्ने बिषयमा बिबाद भईरहेका बेला आज काठमाडौंबाट बुटबल गएका प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलमाथी ढुंगा प्रहार भएको छ । साँझ साढे ६ बजेतिर मुख्यमन्त्ती पोख्रेल सवार गाडीमा अगाडी पछाडी अगुवा पछुवा हुँदा पनि उनीमाथी ढुंगा प्रहार भएको थियो । ढुंगा हानेको आरोपमा मुक्तीराम पौडेल , छायाा पोख्रेल, बिष्णु पोख्रेल र कमला अधिकारीलाई प्रहरीले पक्राउ गरेको बताईएको छ ।
ढुंगा हानेपछि गाडीको सिसा फुटेपनि मुख्यमन्त्री पोख्रेल सकुसल रहेको बताईएको छ । काँग्रेस कार्यकर्तालगायतले कालो झण्डा देखाएका पोख्रेलका ढुंगा प्रहारबाट दुईवटा गाडीका सीसा फुटेका छन् । बुटबलबाट दाङ राजधानी साने निर्णय गरेको मुख्यमन्त्ती पोख्रेलका बिरुद्धमा जनसागर बिरोधमा उत्रिएको छ । प्रहरीले ढुंगा प्रहार हुन थालेपछि स्थीति नियन्त्रणमा लिन फाईरिङ गरेको थियो ।