सूचना प्रविधि

एनसेलले ल्यायो चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना

१८ असोज, काठमाडौं । चाडपर्वको आगमनसँगै, एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदालिदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गर्न सक्छन् र साथै दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्नपनि सक्नेछन् ।

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाईस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको छ । यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वाअन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवाप्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् ।

दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विषेशताहरु हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजनाआइतबार (असोज १८) देखि लागु भई आठ हप्ताअर्थात मंसिर १३ सम्म कायम रहनेछ ।

चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदालिनएनसेलकाप्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागिहुन सक्नेछन् । यस योजनामा सहभागि हुने बित्तिकै ग्राहकले हरेक दिनभ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन् । तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यहीदिनको मध्यरात सम्मको समयसिमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजनाअन्तर्गतको उपहार जित्न योग्यहुनेछन् ।

यस आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन७०० जना ग्राहकलाई रु २०० बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा २ जनाग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० रहेका छन् ।

एनसेल आजियाटा लिमिटेडका चीफकमर्सियल अफिसर प्रदीप श्रीवास्तवले यस योजनाकाबारेमा उस्ताह साट्दै भने, “चाडपर्वको सुरुवातसँगै यो वर्षको सबै भन्दा रमाईलो समयको आगमन भएको छ । यो वर्ष महामारीले लामो समयसम्म हामीलाई हाम्रा प्रियजन तथा आफन्तहरुबाट टाढा राखेकोले चाडपर्व अझविषेश हुनेछ जसले गर्दा हाम्रा प्रियजनहरुसँग सम्पर्कमा रही रहनु अझ महत्वपूर्ण हुन्छ । यही कारणले गर्दा हाम्रागाहकहरुलाई आफ्ना प्रियजनहरुसँग सम्पर्कमा रही रहन ‘कुरै कुरामाउपहार’ योजना ल्याएका छौं । भ्वाइस टक टाइम र आकर्षक उपहारहरुले चाडपर्वलाई थप रमाईलो बनाउनेमा हामी विश्वस्त छौं ।”

यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरु मध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकहरुलाई उपहार दिइनेछ । दैनिकउपहार अन्तर्गत ग्राहकले रु २०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । यसरी प्राप्तहुने बोनस ब्यालेन्स १५ दिनको लागिमान्य रहनेछ र उक्तबोनस ग्राहकले एनसेल नेटवर्क भित्रकल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन् ।

साप्ताहिक उपहारमा साताभरी धेरै कुरा गर्ने ग्राहकहरु मध्य सातै प्रदेशका १÷१ जना गरी ७जना भाग्यशाली ग्राहक छनोट गरिनेछ । प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सि एम०१एस ह्याण्डसेट उपहार स्वरुपप्राप्त गर्नेछन् ।

त्यसैगरी यो योजनाअवधिभर सबै भन्दा बढि मिनेट कुरा गर्ने दुई भाग्यशालीग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन् । बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० रहेको छ ।

यो योजना साप्ताहिक चक्रमा संचालन हुनेछ । साप्ताहिक चक्र आइतबार सुरु भई शनिबार समाप्तहुनेछ । दैनिक, साप्ताहिक र बम्पर उपहार हस्तान्तरणका लागि एनसेलले आवश्यक ग्राहक प्रमाणिकरण प्रक्रिया अपनाई सिमको वास्तविक ग्राहकहरुलाई मात्रउपहार हस्तानतरण गर्नेछ ।