राजनीति

पौडेलको प्रश्नः अन्यायमा मौन बस्ने समाज, कानुन र राज्य सङ्ग नारी कहिलेसम्म त्रसित हुनुपर्ने ?

१९ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले मुलुकमा भईरहेका विभिन्न बलात्कारका घटनाहरुप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता पौडेलले अन्यायमा सधैं मौन बस्ने हाम्रो चेतना, समाज, कानुन र राज्य सङ्ग एउटी नारी कहिले सम्म त्रसित हुनुपर्ने हो भन्दै प्रश्न पनि गरेका छन् ।

साथै पौडेलले एउटी नारीलाई आफ्नो रक्षा गर्न सिकाउँदै गर्दा पुरुषलाई अपराध नगर्न के सिकायौ भन्दै कटाक्ष गरेका छन् । उनले अपराध रोक्न कस्तो कानुन बनायौं ? कति सजाय गर्यौं ? भन्ने प्रश्न गर्दै कतै कानुनमा पितृसत्ताको जडता मात्रै कुँदिएको त छैन भनेका छन् ।

अहिले मुलुकका विभिन्न स्थानमा बालिका बलात्कार पछि हत्या र अपराधलाई गाउँमै लुकाउन लगाएको घटना सार्वजनिक भएका बेला पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् 

उनको ट्वीटः एउटी नारीलाई आफ्नो रक्षा गर्न सिकाउँदै गर्दा पुरुषलाई अपराध नगर्न के सिकायौरुअपराध रोक्न कस्तो कानुन बनायौंरुकति सजाय गर्यौंरुकतै हाम्रा कानुनमा पितृसत्ताको जडता मात्रै कुँदिएको त छैनरुअन्यायमा सधैं मौन बस्ने हाम्रो चेतना,समाज,कानुन र राज्य सङ्ग एउटी नारी कहिले सम्म त्रसित हुनुपर्ने ?