१९ असोज, काठमाडौं। नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले बुटबलमा आईतबार राजधानी सार्न नहुने भन्दै आन्दोलनमा उत्रिँदा पक्राउ परेका काँग्रेस नेता कार्यकर्तालाई तत्काल रिहाई गर्न माग गरेको छ । दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले बिज्ञप्ती जारी गर्दै भनेका छन् पाचँ नं प्रदेशको राजधानीका सम्बन्धमा, बुटवलमा शान्तिपुर्ण ढंगबाट छलफल गरीरहेको अबस्थामा बैठकको कक्ष बाटै पक्राउ पर्नुभएका नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेल, नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, सचिव शिव गैरे, युवा नेता बिष्णु पोखरेल, नेपाल तरुण दलका क्षेत्रिय सभापति प्रकाश गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की र पत्रकार कमला पाण्डे लगायतलाइ गरिएको गिरफ्तारी प्रति नेपाल तरुण दल केन्द्रिय समिति घोर भर्त्सना गर्दै तत्काल बिनासर्त रिहाईको माग गर्दछ ।
प्रदेश ५ सरकारले बुटबलबाट राजधानी दागं स्थानान्तरण गर्न लागेको बिरोधमा बुटबल केहीदिनदेखी असान्त देखिएको छ । नेपाली काँग्रेसलगायतको अगुवाईमा बुटबल नै राख्नुपर्छ भन्ने बिषयमा आन्दोलन जारी रहेको छ ।