राजनीति

ओली सरकार कोरोना, भ्रष्टाचार, धर्मपरिवर्तन नियन्त्रण र रोजगारी सिर्जना गर्न पुर्णतः असफल-अध्यक्ष थापा

१९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले ओली सरकार हरेक क्षत्रमा असफल भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले ओली सरकार कोरोना, भ्रष्टाचार ,धर्मपरिवर्तन नियन्त्रण गर्न रोजगारी सिर्जना गर्न पुर्णतः असफल भएको टिप्पणी गरेका हुन् ।

साथै अध्यक्ष थापाले भारतसँग वार्तागरी अतिक्रमित भूमि फिर्तालिन सरकार असफल भएको भन्दै सरकारसंग चाँडो छलफल गर्न सरकारको ध्यानाकर्शन गराएका छन् ।

साथै उनले आफु ओलीको सुभ चिन्तक समेत रहेको भन्दै सरकारलाई कुनैपनि काममा ढिलो हुनु अघि नै निद्राबाट ब्युँझिएर चाँडो भन्दै चाँडो यी सम्पुर्ण कार्य पुरा गर्न सुझाव दिएका छन् ।

उनको ट्वीटः कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न,
भारतसँग वार्तागरी अतिक्रमित भूमि फिर्तालिन सरकार पूर्णरूपमा असफल भएको छ । प्रम @kpsharmaoli  म तपाईंको शुभचिन्तक हुं,त्यसैले भन्छु plz wake up,act fast before it’s too late