समाचार

गायिका रजिना रिमाल र उनका श्रीमान् विनोद श्रेष्ठमा कोरोना पुष्टि

१९ असोज, काठमाडौं । गायिका रजिना रिमाल र उनका श्रीमान् विनोद श्रेष्ठलाई कोरोना पुष्टि भएको छ । आइतबार आफू र श्रीमान् विनोदको कोरोना रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएकी छिन् ।

रिमालले फेसबुकमा एक स्टाटस लेख्दै पछिल्लो एक हप्तादेखि आफूहरुसँग सम्पर्कमा आएका सबै व्यक्तित्वलाई सुरक्षित रहन र आसोलेशनमा बस्न आग्रह गरेकी छिन् ।

रजिनाका एक वर्षका छोरालाई भने हालसम्म कुनै लक्षण देखिएको छैन । पछिल्लो समय नेपालमा कोरोना संक्रमण तिब्रबन्दै गई रहेको छ । भने विभिन्न रानीतिक, कलाकार लगएतमा कोरोना देखिएको छ ।