बाग्मती

कर्मचारीमा कोरोना देखिएपछि बन्द भएको ताहाचलबाट श्रम स्वीकृति आजबाट पुनः सुरु

१९ असोज, काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द भएको वैदेशिक रोजगार कार्यालय ताहाचलबाट आजदेखी पुनः काम सुरु हुँदै छ ।

वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको कार्यालयले जानकारी दिएको छ ।

निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो तर कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि साम भन्द भएको थियो ।

गत बुधबार कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको थियो । कर्मचारी संक्रमित भएपछि यसअघि कार्यालय खुल्ला राखिए पनि सेवा भने बन्द गरिएको थियो ।