सामाजिक सञ्जाल

डा केसीसंग जोड्दै नेता गुरुङ भन्छन्ः देश माफियाले चलाउँछ, नेताहरु त बाहिर देखिने पात्र मात्रै हुन्

१९ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता धनराज गुरुङले बाहिर देखिने पात्रहरुसँग वार्ताका लागि हारगुहार गर्ने कि माफियातन्त्रका बिरुद्ध लड्ने ? भन्ने गम्भीर प्रश्न गरेका छन् । नेता गुरुङले ‘देश माफियाले चलाउँछ, नेताहरु त बाहिर देखिने पात्र मात्रै हुन्’ भन्ने ठोकुवा गर्दै आफूले सांसद भएको बेला पनि उक्त कुरा संसदमै बोलेको स्मरण गरेका छन् । नेता गुरुङले माफियाकै दुर्दशाबाट गुज्रिरहेको सिंहदरबारले डा.केसी जस्ता फकिरहरुसँग वार्ताको जरुरत ठान्दैनभन्ने टिप्पणी पनि ट्वीटमापर्,त गरेका छन् ।

उनको ट्वीटः म सांसद भएको बेला संसदमै बोलेको थिएँ ‘देश माफियाले चलाउँछ, नेताहरु त बाहिर देखिने पात्र मात्रै हुन्’ यही दुर्दशाबाट गुज्रिरहेको सिंहदरबारले डा.केसी जस्ता फकिरहरुसँग वार्ताको जरुरत ठान्दैन। तिनै बाहिर देखिने पात्रहरुसँग वार्ताका लागि हारगुहार गर्ने कि माफियातन्त्रका बिरुद्ध लड्ने ?