१९ हसोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन कुमार थापाले जनताका माग राखेर अनसर बसेका गोबिन्द केसिको माग प्रति सरकाले कुनै चासो नदेखाएको प्रति टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त जनाताको माग राखेर अनसन बसेको आज २२ दिन पुगेको अवस्थामा केसिको स्वास्थ्य अबस्था नाजुक बन्दै गईरहेको समाचार आईरहेएका बेला नेता थापाले केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दोषी प्रधानमन्त्री हुने भन्दै आक्रोस व्यक्त गरेका छन् ।
साथै नेता थापाले गोविन्द केसीले राखेका कुन चाहिँ माग पूरा नहुने र गर्न नसकिने छ अनि कुन माग जनहित विपरीत छन् भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नदै यस्तो भनेका छन्ः तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र ?
उनले पुरा गर्न सकिने र गर्नुपर्ने माग रहेकाले पूरा गर्नपर्नेमा जोड दिँदै यसमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको पूर्ण साथ र सहयोग रहने र तर ,एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गरेमा भने त्यसको ठुलो मूल्य सरकारले चुकाउनु पर्ने चेतावनी समेत दिएका छन् ।