समाचार

अवैध मदिरासहित ट्रक चालक र सहचालक पक्राउ

वाग्मती, १९ असोज । एक हजार लिटर अवैध घरेलु मदिरासहित ना६ख ५४०४ नं ट्रकका चालक र सहचालकलाई इलाका प्रहरी कार्यालय जीतपुरले पक्राउ गरी आन्तरिक राजश्व कार्यालय सिमरामा आज बुझाएको छ ।

हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको उक्त ट्रकलाई बाराको जितपुर सिमरामा नियमित सवारी जाँचका क्रममा शङ्का लागि जाँच गर्दा सो मदिरा फेला परेको थियो ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने ट्रक चालक ३७ वर्षीय भीमसेन पुलामी तथा हेटौँडा–१४ बस्ने सहचालक ३३ वर्षीय लक्ष्मण वल रहेको प्रहरीले जनाएको छ ।