बाग्मती

उपत्यकामा १५ सय ३१सहित देशभर थपिए २४ सय ४० जना कोरोना संक्रमित

१९ असोज, काठमाडौं । आज २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेश ब्रिफिगंमा बताएअनुसार काठमाडौंं उपत्यकामामात्र १५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।२४ घण्टामा एक हजार १३३ जना डिचार्ज भएका छन् । यसैबिच आज कोरोनाका कारण १९ जनाको निधन भएको छ । काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जनालाई संक्रमण पुष्टी भएको छ ।