बाग्मती

प्रेस काउन्सिल नेपालद्वारा पत्रकारलाई आर्थिक सहयोग

१९ असोज, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आर्थिक अवस्था कमजोर भएका पत्रकार तथा सञ्चारकर्मीलाई औषधि उपचारका लागि आर्थिक सहयोग गरेको छ । काउन्सिल अन्तर्गतको पत्रकार कल्याण कोष उपसमितिको आजको बैठकले पत्रकार तथा सञ्चारकर्मीको आवेदनको आधारमा विभिन्न सञ्चार माध्यममा  आवद्ध १३ पत्रकारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले औषधि उपचार सुविधावापतको रकम घनश्याम आचार्य), महेशप्रसाद अवस्थी, किरणमान बज्राचार्य, वनराशी बर्मा, शमीला विश्वकर्मा, हरिबहादुर लम्जेल, अजयसन्तोषी राई,  धुब्र बिसी र   दिपेन्द्र शर्मालाई सहयोग गर्ने निर्णय गरेको हो । त्यसैगरी प्रतीक्षा शर्मा, जीवनकुमार पराजुली, लालप्रभात चलाउने र अम्रेन्द्रकुमार यादवलाई सहयोग प्रदान गर्ने निर्णय गरिएको छ । उपसमिति सदस्यहरु राजेश मिश्र, डा. लोचन कार्की र झविन्द्र भुसाल सहितको वैठकले बिरामीको प्रकृति हेरेर नौ हजार देखि तीस हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।