समाचार

८१ वर्षीय वृद्ध कोरोना जितेर घर फिर्ता

१९ असोज, ताप्लेजुङ । ताप्लेजुङका ८१ वर्षीय कोरोना सङ्क्रमित एक वृद्ध उपचारपश्चात् निको भएर आज घर फर्केका छन् ।

जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गराइरहेका उनी कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीलाई घर फर्काइएको अस्पतालका प्रमुख डा सोनिङ लामाले जानकारी दिए ।

दमको रोगबाट पीडित ती वृद्धलाई कोरोना पुष्टि भएपछि असोज ७ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना रोग निको भएर घर फर्कनेमा ताप्लेजुङका फक्ताङलुङ निवासी रहेको बताइएको छ ।