सामाजिक सञ्जाल

केन्द्र र स्थानीय तह कायमगरी प्रदेश तह खारेज गरौँः अध्यक्ष थापा

२० असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा मंगलबार भएको कार्यप्रति बिरोध जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले मंगलबारको प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय रहेको बताएका हुन् ।

उक्त घटनाको कारणले मात्र नभई संघियताको ५ बर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको उनको भनाई छ । अध्यक्ष थापाले केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

उनको ट्वीटः ५ नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ । यो घटनाको कारणले मात्र होइन,संघियताको ५बर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको छ । केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ ।