सामाजिक सञ्जाल

डा.भट्टराईको आक्रोसः सरकार डा.केसि बाँच्नु पर्छ, तुरुन्तै बार्ता गरि, समस्याको समाधान खोज्

२० असोज, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले अनसनरत डा.गोबिन्द केसिसंग तत्काल वार्ता गरी उनको जिवन रक्षागर्न सरकारसंग माग गरेका छन् ।

नागरिकको हितमा विभिन्न माग राखेर बिगत २३ दिनदेखी अनसनरत डा.गोविन्द केसिको स्वास्थ्य स्थीती जटिल बन्दै जाँदा समेत सरकारले उनको मागमा कुनै चासो नदेखाएको प्रति उनले आक्रोस व्यक्त गर्दै यस्तो माग गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले २३ दिनदेखि अनसनरत डा. केसी को स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ भन्ने प्रश्न गर्दै उनले यो कुनै अपराधी लापरबाहि हैन भन्ने प्रश्न गरे ।

सातै उनले सरकारसंग तुरून्त वार्ता गरी समस्याको समाधान खोजी जनताको अधिकारका लागि लड्ने डा केसि बाँच्नु पर्नेमा जोड दिएका छन् । उनले अगाडी भनेका छन्ः मूर्खदेखि दैव डरा भनिन्छ !  कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ ! सबै चेतौं ।

उनको ट्वीटः २३दिनदेखि अनसनरत डा।केसी को स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? यो criminal negligence हैन रु तुरून्त वार्ता गर१समाधान खोज ! डा .केसी बाँच्नुपर्छ । मूर्खदेखि दैव डरा भनिन्छ ! कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ ! सबै चेतौं !