२० असोज, काठमाडौं । आज देशभर १५५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज ११ हजार ४७ जनाको परीक्षण हुँदा काठमाडौमा ७८३ जना, ललितपुरमा ११८ जना र भक्तपुरमा ११६ जनासहित उपत्यकामा १०१७ जनाका कोरोना संक्रमण पुष्टी भएको छ । आज २३४० जना कोरोना संक्रमण मुक्त भएका छन् ।