लुम्बिनी

कोरोना संक्रमणका कारण बुटवलमा दुई जनाको मृत्यु

२१ असोज, काठमाडौं । बुटवलमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । पश्चिम नवलपरासि सुनवल ५ का ७६ वर्षे बृद्ध र ५५ वर्षकी महिलाको बुटवल स्थिीत कोभिड अस्पतालमा मृत्यु भएको हो ।

आईसियुमा उपचाररत बृद्ध पुरुषको आज बिहान करिब १ बजे र महिलाको आज बिहान ५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । मृतक पसरुष्को स्थास्थ्यमा समस्या आएपछि सुनवलबाटै पिसिआर परिक्षण असोज १५ गते स्वाब परिक्षणका लागि दिएको रिपोर्ट १६ गते पोजेटिभ आएको थियो । साथै उनलाई उच्च ज्वारो र उच्च रक्तचापपनि थियो ।

यस्तै श्वासप्रश्वासमा समस्या भएपछि असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा ल्याई पीसीआर परीक्षणा गरिएकामा नतिजा पोजिटिभ आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको डा. गौतमले बताएका छन् । उनका अनुसार मृतकमा सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या थियो ।