राजनीति

गगनको आह्वानः पशुपतिको काम नलाग्ने गुरु-योजना खारेज गरी वास्तविक गुरु-योजना बनाऔँ

२१ असोज, काठमाडौं । नेपाली काँग्रेसका काठमाडौं क्षेत्र नम्बर ४ का साँसद गगन कुमार थापाले पशुपति क्षेत्र विकास कोषको‘नयाँ गुरुयोजना’! को तीब्र बिरोध जनाएका छन् । उनले उक्त गुरु योजनालाई न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै भन्दै यो गुरुयोजना नै नभएको टिप्पणी गरेका छन् ।
पशुपति क्षेत्र उनको निर्बाचन क्षेत्रभित्रसमेत पर्ने हुनाले उनले उक्त पशुपति विकास कोषले ल्याएको गुरु योजनालाई, ‘खारेज गरौँ। पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ। तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागीतामा वास्तविक गुरुयोजना बनाऔँ भनेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका थापाले सरकारसंग काँग्रेसले बेतालको गुरु योजना फिर्ता गर्न माग गरेको बताएका छन् ।