सामाजिक सञ्जाल

जातीय राज्यको पक्षमा उत्रिएका डा भट्टराईको विरोधमा उत्रिए खगेन्द्र संग्रौला

२१ असोज, काठमाडौं । लेखक तथा बुद्धिजिवि खगेन्द्र संग्रौलाले जातिय राज्यको पक्षमा उत्रिएका पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईको विरोधमा उत्रिएका छन् ।

डा भट्टराईले आज बिहान ट्वीट गर्दै प्रदेशहरुका नाम जाती र भाषाको पहिचानको आधारमा राख्दा देश टुक्रिन्छ भन्नेलाई अमेरिका भारतको उदाहरण दिँदै आपत्ती जनाएका थिए । साथै उनले माओवादी जनयुद्धमा राज्यपक्षबाट ज्यान गुमाउने सबैभन्दा उच्च नेता सुरेश वाग्लेलगायतसँग माफी समेत मागेका छन् ।

डा भट्टराईको उक्त अभिव्यक्तिलाई लिएर संग्रौलाले कटाक्ष गर्दै भनेका छन्ः जातीय आधार गलत पदावली हो, आधार त वास्तवमा राष्ट्रिय वा जातीय पहिचानजन्य मान्यता पो हो ! साथै संग्रौलाले पहिचानका बैरीले जातिवादी भनेर यो मान्यतालाई कुल्चिएको कटु यथार्थको स्मरण डा भट्टराईलाई हुनुपर्ने हो भनेका छन् । जातीय आधारमा प्रदेशको नाम राख्न नसकेर बाबुराम भट्टराईले शहीदसँग माफी मागेछन्

उनको ट्वीटः जातीय आधारमा प्रदेशको नाम राख्न नसकेर बाबुराम भट्टराईले शहीदसँग माफी मागेछन् । जातीय आधार गलत पदावली हो, आधार त वास्तवमा राष्ट्रिय वा जातीय पहिचानजन्य मान्यता पो हो । पहिचानका बैरीले जातिवादी भनेर यो मान्यतालाई कुल्चिएको कटु यथार्थको बाबुरामजीलाई स्मरण हुनुपर्ने हो ।

 

भट्टराई आक्रोशितः अमेरिका/भारतमा जातीय राज्य राख्दा केही नहुने, नेपालमा देश टुक्रिने ?