समाचार

सुन तोलामा ८ सय रुपैयाँले घट्योः तोलामा ९४ हजार १ सय पुग्यो

२१ असोज, काठमाडौं । सुन आज तोलामा ८ सयले सस्तो भएको छ । ८ सयले सस्तीए संगै आज तोलामा ९४ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मुल्य महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर अर्थात् प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ । पछिल्ला केही दिनयता सुनको भाउमा निकै उचारचढाव हुँदै आएको छ ।

यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ कायम भएको थियो ।