२१ असाोज, काठमाडौं । आज देशभर कोरोना भाईरसका संक्रमितहरु ३४३९ जना भेटिएका छन् । काठमाडौंमा १२९६ जना, ललितपुरमा २९३ जना र भक्तपुरमा ९५ जना गरी उपत्यकामा १६८४ जना कोरोना संक्रमितहरु भेटिएका हुन् । अहिलेसम्म देशभर कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । सकृय संक्रमित २५ हजार ७ जना छन् । आइसोलेशनमा १० हजार ५९६ जना छन् । २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ११२६ पुगेको छ । अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । होम आईसोलेशनमा देशभर जम्मा १४ हजार ४११ जना छन् । १४२०९ जना पिसिआर । ३४३९ जना संक्रमित थपिए। संक्रमित अहिलेसम्मकै बढी संख्या हो ।