कर्णाली प्रदेश

जाजरकोटमा जिप दुर्घटनाबाट पाँचको मृत्यु

२१ असोज, जाजरकोट । जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे १ ज ९३५ नम्वरको जिप आज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुँनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृती शाही, ख्यामबहादुर शाही , वडा ५ की मालिका बस्नेत, कृष्णबहादुर शाहीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए । त्यस्तै दुईजना पानीमा वेपता भएको उनले जानकारी दिए । जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको वैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो । जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन् । जिप खोलामा परेको छ ।