२२ असोज,काठमाडौं । कोरोना संक्रमणका कारण रुपन्देहीको भैरहवामा थप एक व्यक्तिको मृत्यु भएको । कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेशनमा बसेका उनमा थप समस्या देखिएपछि अस्पताल भर्ना गरी भेन्टलेटरमा उपचार हुँदै आएको थियो ।
सिद्धार्थन नगर नगरपालीका ५ का ४७ वषका पुरुषमा असोज १२ गते कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा स्वासप्रस्वासमा समस्या देखिएका उनको बुधबार राति १० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।