सामाजिक सञ्जाल

धनराजको टिप्पणीः गणतन्त्रका महाराजाले विपीलाई जस्तै डा केसीलाई मर्छ भन्दैछन्

२२ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले १९ औं पटक नेपाली जनताको स्वास्थ्यको बिषयमा चिन्तित हुँदै मेडिकल सुधारका लागि अनशन बसेको प्रा डा गोबिन्द केसीलाई गम्भीर ढंगले स्मरण गरेका छन् । नेता गुरुगंले नेपाली काँग्रेसका संस्थापक नेता विपी कोईराला र त्यसबेलाका प्रधानमन्त्री मोहन शम्सेरको घटनासंग जोड्दै गोबिन्द केसीले जनताका माग पुरा नभईकन अनशन नतोड्ने बरु मर्न तयार रहने देखिएको संकेत गरेका छन् । उनले भनेका छन्, ‘विपी कोइराला आमरण अनशन बस्दा श्री ३ मोहन शमशेर जबराले विपीकी आमालाई भनेका थिएः तेरो छोरोले माफी माग्यो भने रिहा गरि दिन्छु। माफी मागेन भने तेरो छोरो जेलमै मर्छ।’ नेता गुरुगंको टिप्पणी छ, ‘डा.गोबिन्द केसीकी आमालाई गणतन्त्रका महाराजहरुबाट यस्तै हुकुम नबक्सिए पनि ब्यबहरमा उस्तै देखियो।’

नेता गुरुगंको ट्वीटः विपी कोइराला आमरण अनशन बस्दा श्री ३ मोहन शमशेर जबराले विपीकी आमालाई भनेका थिएः‘तेरो छोरोले माफी माग्यो भने रिहा गरि दिन्छु। माफी मागेन भने तेरो छोरो जेलमै मर्छ।’
डा.गोबिन्द केसीकी आमालाई गणतन्त्रका महाराजहरुबाट यस्तै हुकुम नबक्सिए पनि ब्यबहरमा उस्तै देखियो।