राजनीति

धनराजको प्रस्तावः लाभको पदमा गएका सबै नेताहरुको सम्पत्ति छानबिन गरौं

२३ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले लाभको पदमा गएका सबै नेताहरुको सम्पत्ति छानबिन गरौं, छानबिनका लागि शक्तिशाली आयोग गठन गरौं भन्ने प्रस्ताव गरेका छन् । पुर्व साँसदसमेत रहेका नेता गुरुगंले एकले अर्कोलाई भ्रष्टाचारी भन्दै भाषण बाजी गर्नुको कुनै तुक नभएको भन्दै भ्रष्टाचारको मामिलामा ‘माछो–माछो भ्यागुतो’ त भइरहेको बताएका छन् ।
उनको ट्वीटः एकले अर्कोलाई भ्रष्टाचारी भन्दै भाषण बाजी गर्नुको कुनै तुक छैन। तसर्थ लाभको पदमा गएका सबै नेताहरुको सम्पत्ति छानबिन गरौं। छानबिनका लागि शक्तिशाली आयोग गठन गरौं। आयोगको छानबिनबाट भ्रष्टाचारी ठहर भए कारबाही गरौं। अन्यथा भ्रष्टाचारको मामिलामा ‘माछो–माछो भ्यागुतो’ त भइरहेकै छ।