२४ असोज, बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोरोना भाइरस संक्रमित १५ वर्षीय किशोरको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३, गोग्लीका किशोरको शुक्रबार राति ८३५ बजे मृत्यु भएका हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज १९ मा मेडिकल कलेजमा भर्ना गरिएको थियो । उक्त दिन नै ती किशोरमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।
सबै प्रकारका उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई प्लाज्मा थेरापी समेत दिइएको श्रेष्ठले बताए ।