२४ असोज, काठमाडौं । कोरोना संक्रमणका कारण ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता दीपकबहादुर विष्टको निधन भएको छ । ललितपुरकै गोदावरी नगरपालिका ९, छम्पी निवासी विष्टलाई रुघाखोकी र त्यसपछि निमोनिया भएको थियो ।
उपचारका लागि उनलाई यही असोज १३ गते ललितपुरकै मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । तर शुक्रबार राति ८ बजे उनको मृत्यु भएको उनको पारिवारिक सदस्यले जानकारी दिएका छन् । ४६ वर्षीय अधिवक्ता दीपक ललितपुरका मात्रै होइन, देशैभरका अधिवक्ताको रोजाइका व्यक्ति थिए ।
सामान्य रुघाखोकी, त्यसपछि देखिएको कोरोना र त्यसले निमोनिया भएपछि १२ दिनपछि उनको निधन भएको हो ।