समाचार

गोबिन्द केसी र सरकारबीच किन भएन सहमति ?

२४ असोज, काठमाडौं । अनसनरत डा.गोबिन्द केसि र सरकारबीचको वार्ता भाँडिएको छ । विभिन्न ६ बुँदे माग राखेर अनसनरत डा केसि पक्ष र सरकारी पक्षबीच बिहिबार दिनभरी बसेको बैठक लगभग सहमतिको नजिकै पुगेर पनि फेरी चुकेको छ । बिहिबारदेखी सुरु भएको बार्ता शुक्रबार मध्यरातिसम्म आईपुग्दा समेत बिना निष्कर्श टुंगिएको हो ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोख्रेलले वार्ता टोली स्तरमा भएको सहमतीलाई अस्वीकार गरेपछि सरकारी टोली र अनसनरत डा केसि पक्षबीचको सहमती भाँडिएको केसि पक्षको दाबी छ ।

सहमतिको मस्यौदाबारे सरकारी वार्ता टोली एवं शिक्षा सचिव गोपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याएका थिए । यस्तै सरकारी पक्षबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) पदाधिकारी लगायतको नियुक्तिको मापदण्ड ऐनमा समावेश नहुँदासम्म हुने नियुक्तिबारे सहमतिको मस्यौदाको भाषामा थोरै हेरफेर गरेको थियो ।

तर सरकारी वार्ता टोली नै नआएको बुझिएको छ । अरु सबै विषयमा दुबै टोली सहमत थिए । त्यही परिमार्जित विषयमा दुई वार्ता टोली बसेर टुंगो लगाउने र डा. केसीको अनसन शुक्रबार नै तोडाउने तयारी थियो ।

सहमतिको मस्यौदामा संशोधन गरेर हिँडेका शिक्षामन्त्री त्यसपछि सरकारी वार्ता टोलीसँग सम्पर्कमै नआएको बताइएको छ । डा. केसीको वार्ता टोलीले सम्पर्क गर्न खोज्दा समेत उनी सम्पर्कमा नआएपछि सहमतिको प्रयास असफल भएको बताईएको छ । यस्तै बार्ता असफल भएपछि केसि पक्षाले सशक्त सडक आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।