बाग्मती

म्याद नाघेका सामान बिक्री गर्दा मासु तथा खाद्यन्न पसल अनुगमन

२४ असोज, भक्तपुर । भक्तपुर नगरपालिकाले आज महालक्ष्मी र व्यासीका मासु तथा खाद्यान्न पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका सामान बिक्रीमा राखेको जनाइएको छ ।

अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनका क्रममा म्याद गुज्रेका र अखाद्य सामान जफत गरी नष्ट गरिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए । मासु पसलमा ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको, एप्रोन प्रयोग नगरी मासुको काम गरेको, मासु जालीले नछोपेको, मूल्यसूची नराखेको पाइएको उनले बताए ।