२५ असोज, काठमाडौं । प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले पुरानै सहमति कार्यान्वयन गर्न ऐतिहासिक सहमति भएर डा गोबिन्त्द केसीको अनसनको अन्त्य भएको भन्दै सबैलाई बधाई दिएका छन् । मध्यरातमा ८ बुंदे सहमती गर्दै मेडिकल सुधारका माग गर्दै २८ दिनदेखी १९ औं पटक अनशन बसेको प्रा डा गोबिन्द केसीको अनशनमा पुराना र नयाँ सहमतीका बारेमा गोबिन्द केसीका समर्थक सम्पदाकहरुलेसमेत थाहा नपाएको सल्लाहकार थापाको तर्क छ । सल्लाहकार थापाले डा केसी र उनका समर्थकहरुलाई ब्यंग्यात्मक रुपमा बधाई दिएका छन् ।
थापाको ट्वीटः डा.गोविन्द केसीसँग सरकारले १९ औं सहमति गरेको छ । २२जना सम्पादकहरूमध्ये ब्रोडसिटका अधिकांश केसी पक्षधरले सुइको नै नपाएर मनोगत आग्रह पस्केछन्, केही छिटपुटलाई मात्र पत्तो भएछ ! जे होस, पुरानै सहमति कार्यान्वयन गर्न ऐतिहासिक सहमति भएर अनसनको अन्त्य भएकोमा सबैलाई बधाई छ ।